site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
साधारण सभा घोषणा गरेका १४ मध्ये आठ कम्पनीले लाभांश पारित गर्ने (सूचीसहित)

काठमाडौं । पछिल्लो तथ्यांक अनुसार, १४ कम्पनीले कात्तिक २० गतेदेखि पुस ४ गतेसम्म साधारण सभा गर्दै छन् । यी कम्पनीमध्ये आठ कम्पनीले मंसिर ४ गतेसम्म नगद तथा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छन् ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनीले पुस मसान्तसम्म आफ्नो साधारण सभा सम्पन्न गर्नुपर्ने प्रावधान छ । कम्पनीहरूले साउनदेखि नै साधारण सभा गर्दै आएका छन् ।

तर, धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्ये तिहार अगाडिसम्म १४ कम्पनीले पुस ४ गतेसम्म साधारण सभा गर्ने मिति सार्वजनिक गरेका छन् । साधारण सभा गर्ने तयारीमा रहेका यी १४ कम्पनीमध्ये ६ वटाले लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छैनन् ।

Dabur Nepal
NIC Asia

तर, यी कम्पनीले आफ्नो वित्तीय विवरणमाथि छलफल गरेर पारित गर्नुका साथै लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव गरेका छन् ।

यसरी लाभांश प्रस्ताव नगर्नेमा माइखोला हाइड्रोपावर, नेपाल रिपब्लिका मिडिया, रिडी पावर कम्पनी, समृद्धि फाइनान्स र श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन कम्पनी छन् । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भने विशेष साधारण सभा आयोजना गरेको छ । यो कम्पनीले आफ्नो प्रस्तावमा सञ्चालक नियुक्ति गर्ने भनेको छ ।

साधारण सभा आयोजना गरेका १४ कम्पनीमध्ये हाथवे इन्भेस्टमेन्ट नेपालले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६ प्रतिशत सेयरधनीलाई दिने प्रस्ताव गरेको छ । यस कम्पनीले उक्त लाभांश पारित गर्न कात्तिक २५ गते साधारण सभा गर्ने जानकारी दिएको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि कात्तिक ७ गते बुक क्लोज गरिसकेको छ । यही आधारमा कात्तिक ६ गतेसम्म कायम सेयरधनीले कम्पनीको बोनस सेयर प्राप्त गर्ने छन् ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १४.७५ प्रतिशत लाभांश पारित गर्न कात्तिक ३० गते साधारण सभा आयोजना गरेको छ । उक्त दिन सम्पन्न हुने साधारण सभाले पारित गरेपछि सेयरधनीले कम्पनीको लाभांश प्राप्त गर्ने छन् । तर, यस कम्पनीको सेयर कात्तिक ८ गतेसम्म खरिद गरेको हुनुपर्ने छ । किनभने कम्पनीले कात्तिक ९ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गरेको थियो ।

सानिमा बैंकले प्रस्तावित ५.२६३ प्रतिशत नगद लाभांश पारित गर्न मंसिर ४ गते साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीले प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि कात्तिक २१ गतेसम्म कायम सेयरधनीलाई लाभांश वितरण गर्ने छ ।

किनभने बैंकले कात्तिक २६ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । सेयर बजार २२ गते बिहीबार बन्द हुने भएकाले यो बैंकको लाभांश प्राप्त गर्न चाहानेले कात्तिक २१ गतेसम्म नै सेयर खरिद गरिसक्नुपर्ने छ । 

यीलगायत बिन्ध्यबासिनी हाइड्रोपावरले प्रस्तावित आठ प्रतिशत बोनस सेयर पारित गर्न मंसिर ६ गते साधारण सभा बोलाएको छ । मन्दाकिनी हाइड्रोपावर ५.२६३ प्रतिशत र आशा लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश पारित गर्न मंसिर ७ गते एकै दिन साधारण सभा आयोजना गरेका छन् ।

सगरमाथा जलविद्युत् कम्पनीले ५ प्रतिशत लाभांश पारित गर्न मंसिर १४ गते साधारण सभा बोलाएको छ । सोल्टी होटेलले ३६.८५ प्रतिशत लाभांश परित गर्न पुस ४ गते साधारण सभा बोलाएको छ । यस कम्पनीको लाभांश प्राप्त गर्न लगानीकर्ताले मंसिर १२ गतेसम्म सेयर खरिद गरिसक्नुपर्ने छ ।

14-company-table(1)-1730513093.png
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  ०७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro