site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आठ वर्षपछि दम्ती सबस्टेसन सञ्चालन
फाइल तस्बिर ।

स्वर्गद्वारी (प्युठान) । निर्माण सुरु भएको आठ वर्षपछि प्युठानको दम्ती सबस्टेसन सञ्चालनमा आएको छ । सांसद सूर्यबहादुर थापाले सब–स्टेसनको बुधबार उद्घाटन गरेका हुन् ।

विसं २०७२ देखि निर्माण सुरु गरेर अलपत्र छाडिएको सबस्टेसन सञ्चालनमा आएको हो । नेपाल विद्युुत् प्राधिकरण प्युठान वितरण केन्द्रद्वारा आयोजित सबस्टेसन सञ्चालन कार्यक्रममा सांसद थापाले सबस्टेसन सञ्चालनले जिल्लाभित्रको विद्युत् अनियमित हुने समस्या हट्ने विश्वास व्यक्त गरे ।

सबैको तदारुकता र सहकार्यले अलपत्र अवस्थामा रहेको सबस्टेसन छोटो समयमै सञ्चालन भएको भन्दै सांसद थापाले विकास निर्माणका लागि बजेट सुनिश्चितता जस्तै कार्यान्वयनको पाटो महत्त्वपूर्ण हुने बताए । उनले मंसिरभरिमा नौवाहिनीको वडा नं १ र गौमुखी गाउँपालिका–३, रजवाराको आधा भागमा विद्युतीकरण नभएकाले विद्युतीकरण गर्नु आफूसहित सबैको पहिलो प्राथमिकता रहनुपर्नेमा जोड दिए ।

नेपाल विद्युत् प्राधिकरण प्युठान वितरण केन्द्र प्रमुख महेन्द्रकुमार दासका अनुसार सबस्टेसन सञ्चालनमा आएसँगै विद्युत् वितरण र विद्युतीय जोखिमले हुने क्षति न्यूनीकरण गर्न मद्दत पुग्नेछ । सबस्टेसनको निर्माण २०७२ असार ४ गते आरके विश्वनाथ जेभीले सात करोड ४२ लाख ६७ हजार २३९ मा सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता गरेर काम गरेको थियो ।

लाइन तान्नका लागि श्री त्रिपुरेश्वर जय दुर्गे जेभीले पाँच करोड ३६ लाख ६० हजार ६८२ मा २०७४ जेठ १७ गते ठेक्का सम्झौता गरेको थियो । काम सुरु गर्ने हराउने, नियामक निकायले सक्रियता देखाउँदा काम गरेजस्तो गर्ने हुँदा ९० प्रतिशत काम सम्पन्न गरी ठेकेदार कम्पनी सम्पर्कविहीन भएको वितरण केन्द्र प्रमुख दासले बताए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro