site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
चन्द्रमामा अनुसन्धान केन्द्र बनाउनेगरी चीनले पठायो अन्तरिक्ष यात्री

काठमाडौं । चीनले चन्द्रमामा अनुसन्धान केन्द्र बनाउने उदेश्यसहित आफ्ना तीन अन्तरिक्ष यात्री पठाएको छ । ती यात्रीले अन्तरिक्षमा वैज्ञानिक खोजसँगै चन्द्रमामा मान्छे बसेर अनुसन्धान गर्न सकिने स्टेसन बनाउने विषयमा अनुसन्धान गर्नेछन् ।

चीनले चन्द्रमामा मान्छे बस्न सकिनेगरी अनुसन्धान केन्द्र बनाएमा अन्तरिक्ष क्षेत्रमा यो सबैभन्दा ठूलो उपलब्धि हुनेछ । चीनलेसन् २०३० सम्म चन्द्रमामा मान्छे बसोबास गर्न सक्नेगरी अनुसन्धान केन्द्र बनाउने लक्ष्य राखेको छ ।

Dabur Nepal
NIC Asia

चन्द्रमामा मानव बसोबास गर्न सकिने स्टेसन बनाउन चीनले यसअघि नै चन्द्रमाको माटो र चट्टानको नमुना संकलन गरिसकेको थियो । चीनले सन् २००३ मा सबैभन्दा पहिले मानवसहितको मिसन सुरु गरेको थियो । चीनले चन्द्रमामा मान्छे ओरालेमा अमेरिकापछि चन्द्रमामा मान्छे पठाउने दोस्रो देश हुनेछ ।

चीनलाई सन् २०११ मा अमेरिकाले अन्तर्राष्ट्रिय स्पेस स्टेसनबाट निकालेको थियो । त्यसपछि चीनले आफ्नै अन्तरिक्ष स्टेसन बनाउने योजना बनाएको थियो ।

चीनको अन्तरिक्ष यात्री टोलीमा दुई पुरुष र एक महिला छन् । यो टोली सन् २०२५ को अप्रिल वा मे महिनासम्म अन्तरिक्षमा रहनेछ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro