site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलद्वारा यूएनआरडब्लूए प्रतिबन्धित कानुन पारित

तेलअभिभ (इजरायल) । इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसंघीय राहत र कार्य एजेन्सी (यूएनआरडब्लूए)लाई इजरायलभित्र काम गर्न निषेध गर्ने कानुन पारित गरेको सीएनएनले जनाएको छ ।

संसद्मा सोमबार यो विधेयकमा मतदान गरिएको थियो, विधेयकको पक्षमा ९२ र विपक्षमा १० मत परेको थियो । 

सीएनएनका अनुसार यो कानुनले औपचारिक रूपमा यूएनआरडब्लूएलाई गाजा र प्यालेस्टिनी नियन्त्रित पश्चिम किनारका केही भागमा काम नरोके पनि उक्त क्षेत्रमा एजेन्सीको क्षमतालाई सीमित गर्दछ । 

गत वर्ष अक्टोबरमा हमासले गरेको आक्रमणपछि सहयोगका क्रममा यूएनआरडब्लूएले इजरायलबाट निरन्तर आलोचनाको सामना गरिरहेको छ ।

सोमबार क्यानडा, अस्ट्रेलिया, फ्रान्स, जर्मनी, जापान, दक्षिण कोरिया र बेलायतका विदेश मन्त्रीहरूले गाजामा बढ्दै गएको मानवीय सङकटबारे चिन्ता व्यक्त गर्दै इजरायललाई प्रस्तावित कानुन रोक्न आग्रह गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

“यूएनआरडब्लूएले गाजा, पूर्वी जेरुसेलम, पश्चिम किनार र क्षेत्रमा प्यालेस्टिनी शरणार्थीलाई आवश्यक जीवन रक्षक मानवीय सहायता र आधारभूत सेवाहरू प्रदान गर्दछ,”  विज्ञप्तिमा उल्लेख छ ।

पहिले नै गम्भीर र द्रुत रूपमा बिग्रिँदै गएको मानवीय अवस्था विशेषगरी उत्तरी गाजामा विनाशकारी नतिजाले असम्भव नभएको खण्डमा पश्चिम किनारलाई गम्भीर रूपमा अवरोध गर्ने विज्ञप्तिमा बताइएको छ । 

विधेयक पारित हुनुअघि नै राष्ट्रसंघले खाना, आश्रय र स्वास्थ्य सेवामा पूर्ण रोक लगाइएको गाजामा करिब ६ लाख बालबालिका जोखिममा पर्ने भविष्यवाणी गरेको थियो ।

प्रतिबन्धले इजरायलले कब्जा गरेको क्षेत्रमा यूएनआरडब्लूएको अपरेसनमा बाधा पुर्‍याउने अनुमान गरिएको छ । रासस/एएनआई

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro