site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्पेनका मिडफिल्डर रोड्रीले जिते बालन डी’अर

काठमाडौं । स्पेन तथा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले बालन डी’अर २०२३ जितेका छन् । सोमबार फ्रान्सको पेरिसमा आयोजित अवार्ड समारोहमा रोड्रीले ब्राजिलका फरवार्ड भिनिसियस जुनियरलाई पछि पार्दै बालन डी’अर जितेका हुन् ।

२८ वर्षीय रोड्री गएको जुलाईमा युरो २०२४ को उपाधि स्पेनले जित्दा टिमका महत्त्वपूर्ण सदस्य थिए । उनले गत वर्ष सिटीबाट प्रिमियर लिग, यूईएफए सुपर कप र क्लब विश्वकपको समेत उपाधि जितेका थिए ।

रोड्री म्यानचेस्टर सिटीको इतिहासमा बालन डी’अर जित्ने पहिलो खेलाडी समेत बनेका छन् । “यो मेरो लागि, मेरो परिवार र मेरो देशको लागि विशेष दिन हो,” बालन डी’अर समारोहमा विजेता रोड्रीले भने ।

यस्तै, रियाल मड्रिड वर्षको उत्कृष्ट क्लब बनेको छ । रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टी वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भए ।

यसअघि, आइतबार भिनिसियस जुनियरले बालन डी’अर नपाउने भएपछि रियालका सबै खेलाडी र व्यवस्थापकले समारोहलाई ‘बोइकट’ गरेका थिए ।

इंग्ल्यान्डका कप्तान ह्यारी केन र फ्रान्सका किलियन एमबाप्पेले ‘गर्ड मुलर ट्रफी’ बाँडेका छन् । यो अवार्ड उत्कृष्ट गोलकर्तालाई दिने गरिन्छ । गत सिजन यी दुवै खेलाडीले ५२/५२ गोल गरेका थिए ।

स्पेनका युवा फरवार्ड लामिन यमलले कोपा ट्रफी जितेका छन् । यो ट्रफी उत्कृष्ट युवा खेलाडीलाई दिने गरिन्छ ।

अर्जेन्टिना तथा एस्टोन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेजले यासिन ट्रफी जितेका छन् । वर्षको उत्कृष्ट गोलकिपरलाई दिइने यो ट्रफी मार्टिनेजले लगातार दोस्रोपटक जितेका हुन् । उनी लगातार दोस्रोपटक यासिन ट्रफी जित्ने पहिलो गोलकिपर समेत बनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro