site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्नुस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले विधिको शासनमा कुनै सम्झौता गर्दैन भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा नेपाल राष्ट्र बैंकका कर्मचारीहरूको शुभकामना आदानप्रदान कार्यक्रममा उनले जनतालाई सरकार भएको महसुस हुनुपर्नेमा जोड दिए ।

उनले सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गराउन सरकारले काम अघि बढाउनुपर्ने बताए । सहकारी ठगी गर्नेहरूको सम्पत्ति बेचेर भए पनि सानो बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु गर्नुपर्ने उनले धारणा व्यक्त गरे ।

महामन्त्री थापाले सहकारीको बचत अपचलन प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गर्नुपर्ने उल्लेख गरे । उनले संसदीय छानबिन समितिको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।

सहकारी ठगीमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र नेकपा (एमाले)का सांसद ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न उनले सरकारलाई सुझाव दिए ।

“...नेपाली कांग्रेसको एकजना नेता, पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो,” उनले भने, “थप अनुसन्धान गर्नुपर्छ । म त सरकारलाई यहीँबाट अनुरोध गर्न चाहन्छु– बकैदा अनुसन्धान गर्नुस् । अनुसन्धान गर्नु पनि पर्छ ।”

उनले अगाडि थपे, “नेकपा (एमाले)को ऋषिकेश पोखरेलजीको नाम आयो, गर्नुस् अनुसन्धान । अनुसन्धान गर्नुस् मात्र होइन, यदि गल्ती गर्नुभएको छ भने अभियोजन पनि गर्नुस् । दण्ड पनि दिनुस् ।”

जुनसुकै दलका नेता भए पनि अनुसन्धानमा गल्ती देखिए कारबाही गर्न सरकार पछि हट्न नहुने उनले बताए । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro