site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुनलाइट हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल

काठमाडौं । मुनलाइट हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा जारी गर्न लागेको प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।

कम्पनीले बिक्री गरिने १०० रुपैयाँ अंकित दरका एक करोड ७६ लाख १० हजार ५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

सम्झौतामा लक्ष्मी सन्‌राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र मुनलाइट हाइड्रोपावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका हुन् ।

मुनलाइट हाइड्रोपावर कम्पनीको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा रहेका २२.१४ मेगावाट क्षमताको बलेफी—ए जलविद्युत् आयोजना निर्माणाधीन छ । हाल यस आयोजनाको ७० प्रतिशतभन्दा बढी कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  २३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro