site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हसिनाविरुद्धको हत्या मुद्दामा अदालतको आदेश, अहिलेसम्म दर्ता भए २२५ मुद्दा

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दर्ता भएको हत्याको मुद्दामा सुनुवाइ भएको छ । ढाकाको एक अदालतले नोभेम्बर २८ भित्र अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीलाई निर्देशन दिएको बंगलादेशी पत्रिका डेली स्टारले जनाएको छ ।

मुद्दा मिरपुरमा सरकार विरोधी प्रदर्शनका क्रममा भएको १८ वर्षीय कलेज विद्यार्थीको मृत्युसँग सम्बन्धित छ । मुद्दामा हसिना र अन्य २३ जनालाई विपक्षी बनाइएको छ ।

आन्दोलनका क्रममा सुरक्षा बलको कारबाहीमा ती विद्यार्थीको मृत्यु भएको थियो । गत अगस्ट १५ मा मृतकका भाइले हत्या मुद्दा दायर गरेका थिए ।

हसिनामाथि हिंसामा प्रत्यक्ष संलग्न वा प्रोत्साहन गरेको आरोप लगाइएको छ । हसिनाबाहेक उनको सरकारमा पूर्वगृहमन्त्री असदुज्जमान खान, अवामी लिगका महासचिव ओबैदुल कादिर, पूर्व कानूनमन्त्री अनीसुल हक र पूर्व पुलिस आईजी चौधरी अब्दुल्लाह अल–मामुन पनि छन् ।

हसिनाविरुद्ध २२५ मुद्दा दर्ता 

हसिनाविरुद्ध हालसम्म २२५ मुद्दा दर्ता भएका छन् । जसमध्ये १९४ हत्या, १६ नरसंहार, तीन अपहरण, ११ ज्यान मार्ने प्रयास र विपक्षी दलको कार्यक्रममा आक्रमण गरेको सम्बन्धी एउटा मुद्दा छ ।

बंगलादेशमा आरक्षणको विरोधमा हिंसात्मक प्रदर्शन भएको थियो । यस अवधिमा आगजनी पनि भएको थियो ।

सरकार विरोधी प्रदर्शनपछि शेख हसिना अगस्ट ५ मा भारत आएकी थिइन् । आन्दोलनरत विद्यार्थीहरूले आरक्षणको विरोधमा शेख हसिनाको राजीनामा माग गर्दै जुन महिनादेखि आन्दोलन गर्दै आएका थिए । प्रदर्शनका क्रममा ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro