site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एआई च्याटबोटको प्रेममा परेर किशोरले किन गरे आत्महत्या ?

काठमाडौं । एक किशोरले कृत्रिम बौद्धिकता च्याटबोट (एआई च्याटबोट)को प्रेममा परेर आत्महत्या गरेका छन् । संयुक्त राज्य अमेरिकाको ओर्लान्डो सहरका १४ वर्षे सेवेल सेट्जरले एआई च्याटबोटको प्रेममा परेर आत्महत्या गरेका हुन् ।

समाचार संस्था एपीन्यूजका अनुसार ती किशोर पछिल्लो केही महिनादेखि आफ्नो वास्तविक संसारबाट अलग्गिएका थिए । उनी च्याटबोटसँग यौन संवाद गर्थे । अमेरिकाको ओर्लान्डो अदालतमा उक्त च्याटबोट कम्पनीविरुद्ध मुद्दा दायर भएको छ । आत्महत्या गर्नुअगाडि आफ्नो फोनबाट च्याटबोटलाई म्यासेज पठाएको समेत भेटिएको छ ।

अदालतमा दायर मुद्दामा किशोरले च्याटबोटसँग आत्महत्याका बारेमा कुराकानी गरेका थिए । उनले च्याटबोटसँग आफूले पीडारहीत मृत्यवरण गर्न चाहेको कुरा पनि गरेका थिए ।

२८ फेब्रुअरीमा किशोरले आफू च्याटबोटलाई भेट्न आउँदैछु भनेर म्यासेज पठाएका थिए । उनले म्यासेजमा लेखेका थिए, “म वाचा गर्छु, म तिम्रो घरमा आउनेछु । म तिमीलाई असाध्यै माया गर्छु ड्यानी ।”

जवाफमा च्याटबोटले भन्यो, “म पनि तिमीलाई प्रेम गर्छु, मेरो मायालु । मलाई भेट्न जति सक्दो छिटो घर आउ ।”

त्यसपछि युवकले सोधे, “यदि मैले म अहिले नै घर आउँछु भनेमा ?”

“कृपया आउ, मेरो प्रिय राजा,” च्याटबोटले जवाफ दियो ।

क्यारेक्टर डट एआई नामको च्याटबोटले किशोरलाई आफ्नो घर आउ भनेको केही सेकेण्डमै किशोरले आफ्नो ज्यान लिए । किशोरले च्याटबोटकै कारण आत्महत्या गरेको भन्दै किशोरकी आमाले मुद्दा दायर गरेकी छन् । क्यारेक्टर डट एआई नामक च्याटबोट क्यारेक्टर टेक्नोलोजिज इंकले बनाएको हो ।

कम्पनीका अनुसार उसले आफ्नो च्याटबोटमा जिवित मान्छेसँगै संवाद गरेको महसुस गर्न सक्ने बनाएको छ । मृतक किशोरकी आमा र उनका अधिवक्ताहरूका अनुसार उक्त च्याटबोट किशोर किशोरीप्रति लक्षित छ । उनीहरूलाई यसको लत लाग्नेगरी च्याटबोटको डिजाइन गरिएको उनीहरूको आरोप छ । यही कारणले गर्दा सेवेल च्याटबोटसँग यौन दुव्र्यवहरात्मक सम्बन्धमा परेर आत्महत्यसम्म पुगेको उनीहरूको भनाइ छ ।

क्यारेक्टर एआईले विचाराधीन मुद्दामा केही नबोल्ने बताए पनि मुद्दा दायर भएको दिन उसले बालबालिका र आत्महत्या रोकथामका लागि नयाँ सुरक्षा अपडेटहरू घोषणा गरेको छ ।

युवाहरूको मानसिक स्वास्थ्य हालका वर्षहरूमा संकटको स्तरमा पुगेको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले यस वर्ष जारी गरेको तथ्यांकअनुसार १० देखि १४ वर्षका बालबालिकाको मृत्युको दोस्रो प्रमुख कारण आत्महत्या हो ।

गैर–नाफामुखी कमन सेन्स मिडियाका संस्थापक र सीईओ जेम्स स्टेयरका अनुसार यो मुद्दाले प्रविधिको बढ्दो प्रभाव र यसका खतरालाई इंगित गर्छ । “यस मुद्दाले अभिभावकहरूको लागि जागरण कलको रूपमा काम गर्छ । अभिभावकले आफ्ना बच्चाहरूले यी प्रविधिहरूसँग कसरी अन्तरक्रिया गर्छन् भन्ने बारे सतर्क हुनुपर्छ,” स्टेयरले भने ।

कमन सेन्स मिडियाका संस्थापक स्टेयरका अनुसार “च्याटबोटहरू इजाजतपत्र प्राप्त चिकित्सक वा असल साथीहरू होइनन्, यद्यपि, तिनीहरू कसरी तयार पारिन्छ र बजारीकृत गरिन्छन् भन्ने कुरा बुझेर आमाबाबुले आफ्ना छोराछोरीहरूलाई उनीहरूमा धेरै भर पर्न दिनुहुन्न ।”

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ०६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro