site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
खानेपानी समस्या समाधान गर्न ४२ अर्बको परियोजना ल्याउने तयारीमा छौँ : मन्त्री यादव

पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले तराई मधेसका जिल्लामा देखिएको खानेपानी समस्या समाधानका निम्ति सरकारले ४२ अर्ब रुपैयाँको परियोजना ल्याउने तयारी गरेको जानकारी दिएका छन् ।

शनिबार वीरगन्जमा आयोजित एक कार्यक्रममा उनले समस्याको दीघकालीन समाधान गर्न सुनकोसी–मरिन डाइर्भसन सिँचाइ परियोजनाबाट मधेसका ६ जिल्लामा खानेपानी पुर्‍याउने योजनामा सरकार रहेको बताए ।

Dabur Nepal
NIC Asia

मन्त्री यादवले ‘ओभर’ योजना सञ्चालनमा ल्याउनुका साथै डिपटुवेल जडानजस्ता कार्यक्रमलाई सरकारले अगाडि बढाइरहेको उल्लेख गरे ।

उनले काठमाडौंवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सुन्दरीजलमा २५ करोड ५० लाख लिटर क्षमता भएको पानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको जानकारी दिए । उक्त कार्य पूरा भएपछि काठमाडौंवासीलाई सातै दिन २४सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउन सकिने मन्त्री यादवको भनाइ थियो ।

“सुन्दरीजलबाट काठमाडौंमा ल्याएको पानीमा समस्या भए खानेपानी आपूर्तिलाई सहज बनाइराख्न सिस्नेरीस्थित कुलेखानीको पानी काठमाडौं लैजाने योजना बनाएका छौँ । त्यसका लागि मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइसकेको छ । चाँडै परियोजनालाई मूर्त रूप दिने गरी काम अगाडि बढाउँछौँ,” उनले भने । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro