site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कपिलवस्तुका जयप्रकाश यादवको हत्या गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । कपिलवस्तु प्रहरीले जयप्रकाश यादवको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाका रमेश श्रेष्ठ र कपिलवस्तु वाणगंगाका मनकला थारू छन् ।

उनीहरूलाई कपिलवस्तु प्रहरीको विशेष टोलीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो । यादवको शव असोज ४ गते कपिलवस्तुको विजयनगर गाउँपालिका–२ भैँसीघाट खोला किनारमा खाल्डोमा पुरेको अवस्थामा फेला परेको थियो ।

घटनाको अनुसन्धान गरेको कपिलवस्तु प्रहरीले अन्ततः हत्यामा संलग्न श्रेष्ठ र थारूलाई पक्राउ गर्न सफल भएको कपिलवस्तु प्रहरी प्रमुख एसपी निरञ्जन भट्टले जानकारी दिए ।

मृतक यादव कपिलवस्तुका विभिन्न क्षेत्रमा अवैध चन्दा संकलन गर्ने गरेको तर श्रेष्ठमाथि आरोप लगाउने गरेपछि उनको हत्या भएको खुलेको छ । पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको एसपी भट्टको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro