site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
छोराले आत्महत्या गरेपछि आमाले हालिन् एआई कम्पनीविरुद्ध मुद्दा

काठमाडौं । अमेरिकामा एक महिलाले आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटले आफ्नो छोरालाई आत्महत्या गर्न प्रोत्साहन गरेको भन्दै मुद्दा हालेकी छन् । क्यारेक्टरडटएआईको च्याटबटसँग आफ्नो छोरा लतमा लागेको भन्दै ती महिलाले मुद्दा हालेकी हुन् ।

फ्लोरिडाको संघीय अदालतमा दायर मुद्दामा मेगन गार्सियाले क्यारेक्टरडटएआईले आफ्नो छोरा सेवेल सेटजरलाई मानवविज्ञान, हाइपरसेक्सुअलाइज्ड र डरलाग्दो यथार्थजस्तो अनुभव दिई लक्षित बनाएको आरोप लगाएकी छन् ।

कम्पनीले च्याटबटलाई वास्तविक मान्छे, लाइसेन्सप्राप्त मनोविज्ञ र युवाप्रेमीका रूपमा प्रस्तुत गरी सेवेललाई बाहिरको संसारमा बाँच्न नचाहन बाध्य पारेको उनले बताएकी छन् ।

उनका छोराले आत्महत्याको विचार च्याटबटसँग सेयर गर्दा च्याटबटले त्यसलाई पटक–पटक दोहोर्‍याएर देखाएको उनको भनाइ छ ।

ती महिलाले क्यारेक्टरडटएआईका संस्थापकले पहिले काम गरेको गुगलविरुद्ध पनि मुद्दा दायर गरेकी छन् । रोयटर्सबाट ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro