site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा मनसुनजन्य विपद्‌बाट भत्किएका संरचना बनाउन ४० करोड बजेट छुट्याइयो

विराटनगर । कोसी प्रदेशमा मनसुनजन्य बाढीपहिरोबाट भत्किएका संरचनाको पुनर्निर्माण गर्न सरकारले ४० करोड बजेट छुट्याएको छ । विपद् कोष खडा गरी कोसी सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयको विविध शीर्षकको बजेट कोषमा राख्ने प्रदेश मन्त्री परिषद्ले निर्णय गरेको हो ।

विपद्‌बाट भत्किएका पुल, सडक तथा अन्य संरचना मर्मत तथा पुनर्निर्माण कोषका लागि छुट्टै बजेट नभएकोले चालु बजेटबाट १० प्रतिशत कटौती गरी व्यवस्थापन गर्ने र त्यो कोषमा मन्त्री मण्डलमा रहेका सदस्यहरूको १० दिनको तलब जम्मा गर्ने निर्णय भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री लीला वल्लभ अधिकारीले जानकारी दिए ।

उनले भने, "प्रदेशसभा सदस्यहरूलाई समेत सहयोग गर्न सम्बन्धित संसदीय दलमार्फत आह्वान गर्ने, नागरिक समाज, संघ संस्थाहरू र नागरिकलाई समेत आग्रह गर्ने सरकारले तयारी गरेको छ ।" तत्कालै काम अघि बढाउन तीन महिनामा गर्ने र दीर्घकालीन रूपमा गर्नेको पुनर्निर्माणको काम वर्गीकरण गरिने बताए ।

मन्त्री परिषद्ले प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम उच्च प्राथमिकता साथ कार्यान्वयन गर्ने र प्रदेश सिँचाइ नियमावली २०८१ लाई स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro