site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तीन महिनामा कुमारी बैंकको नाफा एक अर्बभन्दा बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा कुमारी बैंकले एक अर्ब सात करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष २६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको यो बैंकले चालु आर्थिक वर्षमा भने सुधार गरेको हो ।

गत वर्षको असोज मसान्तसम्मको तुलनामा यो बैंकको नाफा ३०५.५० प्रतिशतले बढेको हो । 

Dabur Nepal
NIC Asia

बैंकको ब्याज आम्दानी भने घटेको छ । गत वर्षको तीन महिनामा १० अर्ब ६० करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले यो वर्षको सोही अवधिमा आठ अर्ब ६४ करोड आठ लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंकको सञ्चालन मुनाफा भने बढेको छ । यो बैंकले तीन महिनामा एक अर्ब ५४ करोड ९७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्षको तीन महिनामा यो बैंकको सञ्चालन मुनाफा ४३ करोड ६६ लाख रुपैयाँ थियो ।

असोज मसान्तसम्म बैंकको खराब कर्जा ४.९६ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यो बैंकको खराब कर्जा ४.८६ प्रतिशत थियो ।

बैंकले तीन महिनाको अवधिमा तीन खर्ब ४७ अर्ब २० करोड निक्षेप संकलन गरेको छ भने दुई खर्ब ८३ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro