site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्ट्याण्डर्ड चार्टर्ड बैंकको तीन महिनाको नाफा ८६ करोड २२ लाख
Dabur Nepal
NIC Asia

काठमााडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ८६ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार नाफा गत वर्षको तुलनामा ४.१७ प्रतिशतले वृद्धि भएको हो ।

गत वर्षको पहिलो त्रैमासमा बैंकले ८२ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको ब्याज आम्दानीमा भने ३३.६५ प्रतिशतले कमी आएको छ । बैंकले चालु आर्थिक वर्षको तीन महिनामा दुई अर्ब १९ करोड ७६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकको ब्याज आम्दानी तीन अर्ब ३१ करोड २२ लाख रुपैयाँ थियो । बैंकहरुको आम्दानीको प्रमुख स्रोत नै ब्याज आम्दानी हो ।

बैंकको निक्षेप संकलन र कर्जा लगानी झिनो बढेको छ । गत वर्षको तुनलामा निक्षेप संकलन ०.९३ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी १ प्रतिशतले वृद्धि भएको छ । बैंकले तीन महिनामा एक खर्ब १३ अर्ब ५२ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै ८१ अर्ब ९५ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ०७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro