site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफूले कुनै दलको अभियानलाई समर्थन नगरेको डा. गोविन्द केसीको स्पष्टीकरण
फाइल तस्बिर ।

 

काठमाडौं । डा. गोविन्द केसीले आफूले कुनै राजनीतिक दलको अभियानलाई समर्थन तथा अनुमोदन गरेर कुनै आह्वान नगरेको स्पष्ट पारेका छन् ।

मंगलबार एक विज्ञप्तिमार्फत डा. केसीले भनेका छन्, "हालै कुनै अमूक राजनीतिक दलले विरोध सभाका लागि सामाजिक सञ्जालमार्फत गरेको आह्वानमा मेरो नाम र फोटो भएको फेसबुक खाताको प्रयोग गरी कुनै व्यक्तिले प्रचार प्रसार गरेकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।"

उनले कुनै दलको प्रचारप्रसारका लागि फेसबुकसहित सामाजिक सञ्जालमा कुनै खाता नभएको पनि बताएका छन् ।

"यस्तो गैरकानुनी क्रियाकलाप दोहोरिन नदिन आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई अनुरोध गर्दछु," केसीले भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro