site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फराकिलो जितपछि प्रशिक्षक तामाङ भन्छन्– माल्दिभ्सविरुद्धको जितलाई ठूलो मान्न पर्दैन 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले माल्दिभ्ससँगको जितलाई ठूलो मान्न नपर्ने बताएका छन् । 

नेपालले घरेलु मैदानमा जारी साफ महिला च्याम्पियनसिपमा सोमबार माल्दिभ्सविरुद्ध ११–० को फराकिलो जित निकालेको थियो । तर, प्रशिक्षक तामाङले माल्दिभ्सले साफका निम्ति पर्याप्त तयारी नगरेकाले यो जितलाई ठूलो मान्न नपर्ने बताए ।

Dabur Nepal
NIC Asia

“भुटानविरुद्ध मौका सिर्जना गरेर पनि त्यसको सदुपयोग गर्न सकिएन । आज ११ गोल भयो । खुसी छु । माल्दिभ्ससँगको यो गोललाई ठूलो मान्नुपर्दैन । किनकि, उहाँहरूले त्यति राम्रो तयारी पनि गर्नुभएको थिएन । महिला फुटबल खास चर्चित पनि छैन, माल्दिभ्समा । हाम्रा लागि महत्त्वपूर्ण सेमिफाइनल खेल हो,” प्रशिक्षक तामाङले भने, “म आज १–० ले जितेको भए पनि खुसी हुन्थ्येँ । आज हामीलाई जसरी भए पनि तीन अंक चाहिएको हो । मेरो लक्ष्य आजको खेलमा मात्र जित निकाल्नु होइन । अझै धेरै छ । पहिलो खेलमा भएका गल्ती आज केही हदसम्म कम भयो । त्यसले स्कोर फराकिलो भयो ।”

सोमबार दशरथ रंगशालामा करिब सात हजार नेपाली समर्थकमाझ घरेलु टिमलाई जित दिलाउन रेखा पौडेलले पाँच गोल गरिन् । यस्तै, प्रीति राईले ह्याट्रिक गर्दा सविता रानामगर, अनिता केसी र अमिषा कार्कीले समान एक गोल थपिन् ।

जितसँगै नेपाल समूह ‘बी’को शीर्ष स्थानमा समेत उक्लिएको छ । नेपालले दुई खेलबाट चार अंक जोडेको छ । समान खेल खेल्दा पनि अंकविहीन माल्दिभ्सको भने सेमिफाइनल सम्भावना समाप्त भएको छ । योसँगै माल्दिभ्स प्रतियोगिताको समूह चरणबाट बाहिरिने पहिलो टिम बनेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  २२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro