site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुरका मेयर भन्छन्– बाढीको पूर्वसूचनालाई बेवास्ता गर्दा बढी क्षति भयो

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बाढीको पूर्वसूचनापछि पनि लापरबाही गर्दा बढी क्षति भएको बताएका छन् । सोमबार ललितपुरमा आयोजित गत असोज ११ र १२ गते आएको बाढीका कारण नदी किनारमा थुप्रिएको फोहोरमैला सरसफाइसम्बन्धी तयारी बैठकमा उनले बाढीको पूर्वसूचना आएपछि लापरबाही गर्दा बढी क्षति भएको बताए ।

उनले असोज ११ र १२ गते आएको अविरल वर्षा र त्यसपछिको बाढीका कारण ललितपुरमा ठूलो जनधनको क्षति भएको बताए । उनले भूकम्पको सावधानी अपनाउने तर वर्षैपिच्छे आउने बाढीमा सावधानी नअपनाउँदा बढी क्षति बेहोर्नुपरेको उल्लेख गरे ।

"थोर बहुत नेपालको मेट्रोलोजिकल डिपार्टमेन्टले आउँदै छ है भनेर हामीलाई सावधान गरेको थियो । तर, हामी कोही पनि सिरियस भएनौँ । पहिला पनि भनेको थियो, भन्दै गर्छ नि भन्ने किसिमको भयो । तर, साँच्चै नै आउँदा महाभारत भयो । के गर्ने के गर्ने भयो," उनले भने ।

मेयर महर्जनले ०३८ सालको असोज १३ गतेपछि ललितपुरमा हालसम्मकै ठूलो बाढी आएको बताए ।

बाढीले थुपारेको फोहोर सरसफाइमा वडाहरूले चासो नदिएको भन्दै उनले सरसफाइमा जोड दिन आग्रह गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro