site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वाधार निर्माणको अध्ययन र डिजाइनमा समस्या

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणको अध्ययन र डिजाइनमा केही समस्या देखिएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री दाहालले सडक, पुललगायत संरचना निर्माण गर्दा अध्ययन र डिजाइनमा केही समस्या देखिएको बताएका हुन् । 

अहिलेको अवस्थामा संरचना बाढी पहिरोका बेला थेग्नसक्ने छ कि छैन भन्ने विषय गम्भीर देखिएको उनले बताए । मन्त्री दाहालले इन्जिनियर, भूगर्भविद, वातावरणविद्को भूमिका देशमा कमजोरजस्तो देखिएकाले पूर्वाधार निर्माणको सर्वे र डिजाइनमा पुनर्विचार गर्नुपर्ने बताए । 

उनले हालैको बाढी पहिरोका कारण सडकतर्फ १४ अर्ब ३४ करोड र पुलतर्फ ९५ करोडको क्षति भएको जानकारी दिए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro