site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपद्का घटनामा मृत्यु हुनेको संख्या तीनगुणा बढ्यो, ६ महिनामा ६३९ जनाले गुमाए ज्यान 
SkywellSkywell

काठमाडौ । गतवर्षको तुलनामा यसवर्ष विपद्का घटनामा मृत्यु हुनेको संख्या तीनगुणाले बढेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार पछिल्लो ६ महिना अर्थात् २०८१ वैशाख १ गतेदेखि असोज ३० सम्म नेपालमा विपद्का घटनामा मृत्यु हुनेको संख्या ६३९ रहेको छ ।
 
अघिल्लो वर्ष २०८० वैशाख १ गतेदेखि असोज ३० गतेसम्म ६ महिनाको अवधिमा विपद्का घटनामा २०९ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्षको तुलनामा यसवर्षको पहिलो ६ महिनामा विपद्का घटनामा परेर मृत्यु हुनेको संख्या ३.०५ गुणाले बढी देखिएको छ ।
 
बाढी, पहिरो, चट्याङ्, आगलागी, भारी वर्षालगायत विपद्का घटनामा उनीहरूको ज्यान गएको हो । 

केन्द्रको तथ्यांकअनुसार २०८१ वैशाख १ गतेदेखि असोज ३० गतेसम्म देशमा ५ हजार २६१ वटा विपद्का घटना रेकर्ड भएका थिए । ती घटनामा ६३९ जनाको मृत्यु भएको छ । ६६ जना बेपत्ता र १ हजार ६० जना घाइते भएका थिए । 

KFC Island Ad
NIC Asia

उक्त अवधिमा विपद्का घटनाबाट देशभर १० हजार १५८ परिवार प्रभावित भएका छन् । चार हजार ७२८ घरमा आंशिक र २ हजार ९८ घरमा पूर्ण क्षति भएको छ ।  

अघिल्लो वर्ष २०८० को वैशाख १ गतेदेखि असोज ३० गतेसम्मको अवधिमा देशभर ३ हजार ९१ वटा विपद्का घटना घटना रेकर्ड भएका थिए । ती घटनामा २०९ जनाको मृत्यु, ३१ जना बेपत्ता र ६९७ जना घाइते भएका थिए । 

गत वर्षको पहिलो ६ महिनामा विपद्का घटनाबाट ९ हजार ३०१ परिवार प्रभावित भएका थिए । उक्त अवधिमा विपद्का घटनाले १ हजार १२८ घरमा आंशिक र ८३० घर पूर्ण क्षति गरेको थियो । 

यसवर्ष असोज असोज १० गतेदेखि १३ गतेसम्म परेको ५४ वर्षयताकै सबैभन्दा ठूलो वर्षाले मात्र नेपालमा ४६ अर्ब रुपैयाँ बराबरको क्षति गरेको  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भीक अध्ययनले देखाएको छ ।

उक्त चार दिनमा मात्र बाढी तथा पहिरोमा परी स्वदेशी र विदेशीसहित २५० जनाको मृत्यु भएको थियो । अघिल्लो वर्षको पहिलो ६ महिनामा विपद्का घटनाले जति जनाको ज्यान लिएको थियो त्योभन्दा बढी यस वर्ष असोज १० देखि १३ सम्मको अविरल वर्षापछिको बाढी तथा पहिरोले लिएको देखिन्छ । 

बितेको ६ महिनामा विपद्का घटनाले सबैभन्दा ठूलो मानवीय क्षति काभ्रेपलाञ्चोकमा गरेको केन्द्रको तथ्यांकले देखाउँछ । उक्त अवधिमा काभ्रेपलाञ्चोकमा विपद्का घटनामा ८३ जनाले ज्यान गुमाएका थिए ।
 
केन्द्रका अनुसार सोही समयमा ललितपुरमा ५२, धादिङमा ४३, काठमाडौंमा ४२, चितवनमा ३५, बाग्लुंगमा २१, दाङमा १७, रामेछापमा १५, कास्कीमा १५, मकवानपुरमा १४, कञ्चनपुरमा १३, कैलालीमा १२ गुल्मीमा ११, पाँचथरमा १०, सिन्धुपाल्चोकमा १० र स्याङ्जामा १० जनाको विपद्का घटनाबाट मृत्यु भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro