site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्वर्णिम वाग्लेको आरोप– संगठित अपराधमा सहभागीहरू अहिलेको मन्त्रिपरिषद्‌मा छन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले संगठित अपराधमा सहभागीहरू अहिलेको मन्त्रिपरिषद्‌मा रहेको आरोप लगाएका छन् । शनिबार पोखरामा आयोजित विरोध कार्यक्रममा उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपरधी अहिलेको मन्त्रिपरिषद्‌मा रहेको बताए ।

उनीहरूबाट ध्यान मोड्न पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको उनको दाबी छ । उनले अहिले कुशासनको अभ्यास भइरहेको पनि बताए ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै उनले कसैलाई आफ्नो राजनीति जोगाउन रविलाई पक्राउ गर्न लगाएको आरोप लगाए ।

महामन्त्री थापाले सहकारी छानबिन विशेष समिति बन्नुपूर्व लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको बताएका थिए ।

संसदीय छानबिन विशेष समितिले पनि गोर्खा मिडियामा विभिन्न सहकारीमार्फत रकम ल्याएर हिनामिना गरेको निष्कर्ष निकालेको थियो ।

यसबारे वाग्लेले सहकारीको ८७ अर्ब भ्याउन, सहकारी डिभोर्स लुकाउन, गिरीबन्धु र शरणार्थीको फाइल लुकाउन लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro