site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिनवारको मृत्यु भए पनि हमास जिवित रहेको खमेनीको घोषणा
Tiktok banner adTiktok banner ad

तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले गाजामा भएको इजरायली सैन्य कारबाहीमा हमासका नेता याह्या सिनवारको मृत्यु भए पनि हमास जीवित रहेको शनिबार घोषण गर्नु भएको छ ।

सिनवारको मृत्यु पीडादायी भएता पनि सिनवारको शहादतसँगै हमासको अन्त्य नहुने  खामेनीले बताए । उनले विज्ञप्ति जारी गर्दै प्यालेस्टिनी इस्लामवादी आन्दोलन र हमास अझै जीवित रहने जनाएका छन् ।  

खमेनीले सिनवारको बारेमा उल्लेख गर्दै भने, “ सिनवार “प्रतिरोध र संघर्षको चम्किलो व्यक्तित्व हुन्, जो क्रूर र आक्रामक शत्रुविरुद्ध अटुट दृढ संकल्पका साथ उभिन्थे ।” सन् २०२३ अक्टोबर–७ को आक्रमणको मुख्य नाइकेको रूपमा सिनवारलाइ चित्रित गर्दै सिनवारको मृत्युले युद्ध भड्कीएको भए पनि निरन्तर अघि बढ्ने बताएका छन् ।

उनले सन् २०२३ अक्टोबर–७ बाट सुरु भएको युद्धमा सिनवार यस क्षेत्रको इतिहासमा उच्च विरासतको साथ उल्लेख्य योगदान गरी  सम्मान र गर्वका साथ सहिद भएको बताए । 

इरानले आफ्नो कट्टर शत्रु इजरायललाई मान्यता नदिने बताउँदै सन् १९७९ को इस्लामिक क्रान्तिपछि प्यालेस्टिनी उद्देश्यका लागि आफ्नो समर्थनलाई आफ्नो विदेश नीतिको आधार  बनाएकोसमेत उनले उल्लेख गरेका छन् ।

लामो समयदेखि छायाँमा रहेका सिनवारले गत जुलाईमा इरानी राजधानी तेहरानमा हमासका नेता इस्माइल हानियाहको हत्यापछि हमासको प्रमुखको पदभार ग्रहण गरेको स्रोतले जनाएको छ । 

इरानले सिनवारको हत्याको दोष इजरायललाई लगाइएको छ यद्देपी इजरायलले भने हाल सम्म घटनाको  जिम्मेवारी लिएको छैन । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro