site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सामुदायिक वन अतिक्रमण गरी लगाइएको धानबाली काटियो

घोडाघोडी (कैलाली) । कैलालीको घोडाघोडी नगरपालिका–३ बग्लैयास्थित मद्रेनिया सामुदायिक वन अतिक्रमण गरी लगाइएको धानबाली काटिएको छ । अतिक्रमण गरी लगाइएको धानबाली  सामुदायिक वनले काटेको वनका अध्यक्ष हरिराम डगौँराले जानकारी दिए ।

सामुदायिक वनको तीन हेक्टर जमिन अतिक्रमण गरी धान बाली लगाइएको थियो । अतिक्रमण नगर्न पटकपटक आग्रह गर्दा पनि नमानेपछि लगाइएको धान बाली नै काट्नुपरेको उनको भनाइ छ । 

Dabur Nepal
NIC Asia

अध्यक्ष डगौँराका अनुसार, उक्त धान बेचेको रकम सामुदायिक वनको कोषमा राखिने छ । धान बाली काट्न सामुदायिक वनका पदाधिकारी, उपभोक्ता र डिभिजन वन कार्यलय पहलमानपुरको सशस्त्र वन रक्षक टोलीले सहयोग गरेको थियो ।

सो वन २०७८ सालदेखि अतिक्रमणको चपेटामा पर्दै आएको थियो । सामुदायिक वनले चालेको कदम उपयुक्त भएको डिभिजन वन कार्यालय पहलमानपुरका निमित्त प्रमुख सुरेन्द्र कठायतले बताए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  २३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro