site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर फेरि अस्पताल भर्ना
Tiktok banner adTiktok banner ad

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका सहयोगीले बुधबार एएफपीलाई जानकारी दिएका छन् ।

दुईपटक प्रधानमन्त्री भइसकेका महाथिरलाई ‘लगातार खोकी’ लागेपछि अन्तिम पटक जुलाईमा अस्पताल भर्ना गरिएको थियो ।

उनका सहयोगीका अनुसार उनलाई मंगलबार साँझ नेसनल हार्ट इन्स्टिच्युटमा भर्ना गरिएको छ ।

सुफी युसोफले भने, “अस्पतालले महाथिरलाई ‘लोअर रेस्पिरेटरी ट्रैक्ट इन्फेक्सन’को समस्या देखिएको जानकारी गराएको छ ।” 

उनले भने, “उहाँको उपचार केही दिन चल्ने अपेक्षा गरिएको छ ।” महाथिर जुलाइदेखि ९९ वर्ष लागेका थिए ।  

हालैका वर्षहरूमा उनको मुटुमा लगातार समस्या देखिएपछि बाइपास सर्जरी पनि गरिएको थियो ।

यस वर्षको सुरुमा करिब तीन महिना अस्पतालमा बिताएका उनले जुलाईमा पनि अस्पताल भर्ना भई उपचार गराएका थिए । 

सन् १९८१ देखि सन् २००३ सम्म मलेसियाको राष्ट्रिय नेता (प्रधानमन्त्री)को जिम्मेवारी सम्हाल्ने महाथिरले चौथो व्यक्ति थिए ।  

उनले सन् २०१८ देखि २०२० सम्म ९२ वर्षको उमेरमा दोस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro