site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेसीको ह्याट्रिकप्रेरित अर्जेन्टिनाको फराकिलो जित 

काठमाडौं । कप्तान लियोनल मेसीको ह्याट्रिकप्रेरित विश्वकप विजेता अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ छनोटमा बोलिभियाविरुद्ध ६–० को फराकिलो जित निकालेको छ ।

बुधबार बिहान स्टाडियो मोनुमेन्टलमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउन मेसीले ह्याट्रिक गर्दा हुलियन आल्भारेज, थियागो अल्माडा र लौटारो मार्टिनेजले समान एक गोल गरे ।

खेलको १९औँ मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रतामा राखेका थिए । कोपा अमेरिका–२०२४ को फाइनलमा घाइते भएपछि मेसीले अर्जेन्टिनाबाट गरेको यो पहिलो गोल हो ।

४३औँ मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । यस्तै, पहिलो हाफको इन्जुरी समयमा आल्भारेजले गोल गरेपछि अर्जेन्टिनाले अग्रतालाई ३–० मा पुर्याएको थियो । 

६९औँ मिनेटमा अल्माडाको गोलमा अर्जेन्टिनाले अग्रतालाई ४–० मा पुर्यायो । ८४औँ मिनेटमा मेसीले दोस्रो गोल गर्दै घरेलु समर्थकमाझ अग्रतालाई ५–० मा पुर्याए । यस्तै, त्यसको दुई मिनेटपछि मेसीले ह्याट्रिक पूरा गर्दा अर्जेन्टिनाले बोलिभियाको पोस्टमा आधा दर्जन गोल गरेको हो ।

छनोटमा १०औँ खेल खेलिरहेको अर्जेन्टिनाको यो सातौँ जित हो । एक खेलमा बराबर र दुई खेलमा हार व्यहोरेको अर्जेन्टिना २२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । 

समान खेलबाट १२ अंक जोडेको बोलिभिया तालिकाको सातौँ स्थानमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro