site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रूसमाथि युरोपियन युनियन र बेलायतले लगाएको प्रतिबन्धको इरानद्वारा निन्दा

तेहरान । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले रूसलाई क्षेप्यास्त्र तथा ड्रोन हस्तान्तरण गरेको आरोपमा आफूमाथि युरोपेली संघ र बेलायतले लगाएको प्रतिबन्धको कडा निन्दा गरेका छन् ।   

इरानमाथि लगाएको प्रतिबन्धलाई अन्यायपूर्ण र अन्तर्राष्ट्रिय कानुनी सिद्धान्त र मानवअधिकार विपरीत रहेको आशय व्यक्त गर्दै जारी गरिएको विज्ञप्तिमा बाघाईले प्रतिबन्ध आधारहीन रहेको उल्लेख गरेका छन् ।   

आरोप र प्रतिबन्ध आधारहीन रहेको बताउँदै बाघाईले द्वन्द्व सुरु भएदेखि नै इरानले युद्ध र द्वन्द्वको विरोध गर्दै रूस र युक्रेनबीचको मतभेदको कूटनीतिक समाधानका लागि आह्वान गर्दै आएको बताएका छन् । 

गाजा र लेबनानमा भएको नरसंहारमा इजरायललाई हतियार उपलब्ध गराउन बेलायत र जर्मनीलगायत केही युरोपेली देशहरूको संलग्नतालाई औंल्याउँदै उनले ती देशहरू प्यालेस्टिनी र लेबनानी जनताविरुद्ध इजरायलले गरेको “अपराध“ मा सहयोगी रहेको बताएका छन् ।

यसै सन्दर्भमा इरानको राष्ट्रियहीत, सुरक्षा, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्न रूसलगायत अन्य देशहरूसँग सैन्य सहयोगमा संलग्न हुने 'अपरिहार्य' अधिकारलाई  प्रकाश पार्दै युरोपेली संघको 'अवैध र अन्यायपूर्ण' प्रतिबन्धहरूविरुद्ध जवाबी प्रतिक्रिया दिने अधिकार सुरक्षित रहेको समेत बाघाईले उल्लेख गरेको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro