site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीपहिरोका कारण बिमा कम्पनीले साढे सात अर्ब तिर्नुपर्ने प्रारम्भिक अनुमान
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । असोज दोस्रो साता गएको बाढीपहिरोका कारण साढे सात अर्बको बिमा दाबी रकम पर्ने प्रारम्भिक अनुमान गरिएको छ । असोज १० देखि २२ गतेसम्म तीन अर्ब ८१ करोड ७९ लाख रुपैयाँ दाबी परेको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।

बिमा कम्पनीले एक हजार ३७५ दाबीमध्ये ७० दाबीबापतको ७८ लाख ६५ हजार रकम भुक्तानी गरेका छन् । 

KFC Island Ad
NIC Asia

सबैभन्दा बढी दाबी रकम सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा पर्ने प्रारम्भिक अनुमान गरिएको छ । यो कम्पनीमा एक अर्ब ९३ करोड ७८ लाख रुपैयाँ दाबी पर्ने अनुमान गरिएको छ । 

त्यसैगरी दोस्रोमा दी ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक अर्ब ४५ करोड रुपैयाँ दाबी पर्ने अनुमान गरिएको छ ।

हालसम्म सबैभन्दा बढी सम्पत्ति बिमालेखमा दाबी परेको छ । यो बिमालेखअन्तर्गत दुई अर्ब ६५ करोड २३ लाख रुपैयाँ दाबी परेको प्राधिकरणले जनाएको छ । त्यसैगरी इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमालेखअन्तर्गत ९६ करोड ८१ लाख ६० हजार रुपैयाँ दाबी परेको छ ।

पशुपन्छी, निजी र सार्वजनिक मोटर बिमा, सम्पत्ति बिमा र सामून्द्रिक बिमाअन्तर्गत ७८ लाख ६५ हजार रुपैयाँ भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ । 

beema-1728975976.PNG
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro