site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधन सञ्चालन गरिने

काठमाडौं । अविरल वर्षा र बाढीपहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका सवारीसाधन सञ्चालन गरिने भएको छ । सडक डिभिजन भक्तपुरले सोमबार सूचना जारी गरी यसबारे जानकारी गराएको हो ।

राजमार्गको भकुण्डेबेँसी–वर्षेखोलाखण्डको करिब आठ किलोमिटर सडक बाढीले बगाएको थियो । त्यसपछि ट्रयाक खोलेर साना सवारीसाधन मात्र सञ्चालन गरिएको थियो ।

bp-haighway-marmat-1728892529.jpg
रुट अनुमति लिएका सबै प्रकारका सवारीसाधन मंगलबार (भोलि)देखि सञ्चालन गर्न योग्य हुने सडक डिभिजनले जनाएको छ ।

साथै, सडक डिभिजनले उक्त सडकखण्डमा सुक्खा पहिरो झर्ने सम्भावना रहेकाले रातिको समयमा यात्रा नगर्न अनुरोध समेत गरेको छ ।

भकुण्डेबेँसी–वर्षेखोलाखण्डको सडक बाढीले बगाएपछि चौकीडाँडा र माम्तीखोलानजिक डाइभर्सन निर्माण गरिएको छ । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro