site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘भ्यालेन्टाइन डे’मा रिलिज हुँदै ‘ताण्डवम्’

काठमाडौं । चलचित्र ‘ताण्डवम्’को प्रदर्शन मिति घोषणा गरिएको छ । भ्यालेन्टाइन डे अर्थात् फागुन २ गते चलचित्र प्रदर्शन  हुने निर्माणपक्षले जनाएको छ ।  

‘ताण्डवम्’ नेपाली सिनेमाका कलरिस्ट जुनिम गहतराजकाे डेब्यु निर्देशनमा तयार हुँदै छ । 
 
पोस्टप्रोडक्सनमा रहेको चलचित्रको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । निर्देशक जुनिमले यो चलचित्रबाट अभिनयमा डेब्यु पनि गरेका छन् । 

चलचित्रमा उनको अपोजिटमा डेब्यु अभिनेत्री सरिना मगर छिन् । जुनिम र सरिनासँगै अंकित खड्का, पुस्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डेलगायत कलाकारको अभिनय छ । 

सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro