site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बन्दै छ क्रिकेट रंगशाला, दैनिक दुई चरणमा काम
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

चितवन । चितवनको भरतपुर महानगरपालिका–१५, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम जारी छ । रंगशाला निर्माण कार्य दसैँमा पनि राकिएको छैन । हालसम्म रंगशालाको १० प्रतिशत काम सकिएको छ ।

भरतपुर महानगरपालिकाले संघ र प्रदेश सरकारसँग सहकार्य गरेर रंगशालाको कामलाई अघि बढाएको हो । धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि बढाएको हो । ‘हिमालयन कालिञ्चोक बीबीआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढलाई गरिएको छ । मैदानको माथिल्लो तह फालेर काम थालिएको छ । गत साउनमा बीबीआर जेभीले निर्माणकार्य सुरु गरेको हो । विसं २०८३ पुससम्ममा रंगशाला निर्माण सम्पन्न गर्ने गरी ७८ करोड ५१ लाखमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिइन् । रंगशाला निर्माण गर्न चालु आर्थिक वर्षमा संघीय र प्रदेश सरकारले ५० करोड विनियोजन गरेका छन् ।

रंगशालामा दैनिक दुई चरणमा काम भइरहेको छ । चाडपर्वमा समेत  काम नरोकिने प्रमुख दाहालले बताइन् । काममा अवरोध नहोस् भनेर महानगरपालिकाका डिभिजनल इञ्जिनियर नेतृत्वको प्राविधिक समूहले प्रत्यक्ष रूपमा रेखदेख गर्ने व्यवस्था गरिएको छ । रासस

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  २०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro