site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा डेंगी संक्रमण उच्च
फाइल तस्बिर : एजेन्सी ।

ढाका । बंगलादेशमा डेंगी संक्रमणबाट थप नौजनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ । यो यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो । जनवरीदेखि हालसम्म डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या २१० पुगेको जनाइएको छ  ।

सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको थियो । चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस)ले जनाएको छ ।

डीजीएचएसका अनुसार, पछिल्लो २४ घण्टामा डेंगीका ९१५ नयाँ संक्रमण पुष्टि भएको छ । यो महिनाको कुल संक्रमण संख्या १० हजार ८७२ पुगेको छ ।

यो वर्ष हालसम्म ४१ हजार ८१०  डेंगीका घटना दर्ता गरिएको डीजीएचएसले जनाएको छ । थप फैलावट रोक्न बंगलादेशी स्वास्थ्य अधिकारीले लामखुट्टे नियन्त्रण ‘अपरेसन’ सञ्चालन गरिने जनाएका छन् ।

बंलादेशमा सन् २०२३ मा डेंगी सक्रमणबाट एक हजार ७०५ जनाको मृत्यु भएको थियो । त्यो हालसम्मको सबैभन्दा उच्च वार्षिक मृत्यु संख्या हो ।

डेंगी संक्रमित एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । डेंगी लागेका बिरामीमा टाउको दुख्ने, उच्च ज्वरो आउने,  मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुनेजस्ता लक्षण देखा पर्छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro