site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली आक्रमण कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु
फाइल तस्बिर ।

गाजा । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो सैन्य कारबाहीलाई तीव्र पार्दा विगत २४ घण्टामा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् ।

गाजाको सिभिल डिफेन्स अथोरिटीले एक प्रेस विज्ञप्तिमा इजरायली युद्धक विमानहरूले जबलिया क्षेत्र र यसको शिविरमा बमबारी गरेको जनाएको छ ।

स्थानीय स्रोत र प्रत्यक्षदर्शीका अनुसार, इजरायली सेनाले घरघरमा व्यापक बमबारी सञ्चालन गर्‍यो र ठूलो विस्फोट गराएको थियो । यहाँ बालबालिका र महिलासहित २५ प्यालेस्टाइनीको शव निकालिएको र ९६ जना घाइते भएका चिकित्सा टोलीले सिन्ह्वालाई बताएको छ ।

एक विश्वव्यापी चिकित्सा परोपकारी संस्था डाक्टर्स विदाउट बोर्डर्सले शुक्रबार विज्ञप्ति जारी गर्दै इजरायलको सैन्य कारबाहीका कारण हजारौँ प्यालेस्टाइनी अझै पनि जबलिया क्षेत्रमा फसेका जनाएको छ ।

गाजामा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४२ हजार १७५ पुगेको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  २०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro