site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उपत्यकाबाट १३ लाख मानिस बाहिरिए

काठमाडौं । एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । उक्त संख्या आज (शुक्रबार)सम्मको भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

१८ लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएको थियो । तर, बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासंघका अध्यक्ष विजय स्वारले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

“हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ,” उनले भने, “तर, मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन् ।”

अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro