site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अग्रता जोगाउन नसक्दा रोकियो अर्जेन्टिना

काठमाडौं । पहिलो हाफमा बनाएको १–० को अग्रता जोगाउन नसक्दा विश्वकप विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को छनोट खेलमा भेनेजुयलासँग १–१ को बराबरीमा रोकिएको छ ।

शुक्रबार भेनेजुयलामा भएको खेलमा अर्जेन्टिनाका लागि रक्षक निकोलस ओटामेन्टीले गोल गरेका थिए । घरेलु टिमका सालोमोन रोन्डेनले गोल फर्काए ।

Dabur Nepal
NIC Asia

खेलको १३औँ मिनेटमा ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रतामा राखेका थिए । तर, खेलको ६५औँ मिनेटमा रोन्डोनले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काएका हुन् । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा खेल १–१ को बराबरीमा समाप्त भएको हो ।

विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको यो पहिलो बराबरी हो । तालिकाको शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले नौ खेलबाट १९ अंक जोडेको छ । यसअघि अर्जेन्टिना गत महिना भएको खेलमा कोलम्बियासँग २–१ ले पराजित भएको थियो ।

समान खेलबाट ११ अंक जोडेको भेनेजुयला तालिकाको छैटौँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  ०६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro