site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘रेड मिट’ले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ ? कति खाने ?  

काठमाडौं । दसैँका बेला अधिकांश भान्सामा थरीथरीका मासुका परिकार बनाइन्छ । स्वाद, रोजाइ, शारीरिक अवस्थालगायत स्थितिअनुसार मासुका परिकार पनि फरक–फरक छनोट गरिन्छ । मासुका धेरै परिकार खाइरहँदा स्वास्थ्यमा पनि ध्यान दिन चिकित्सकहरू सुझाव दिन्छन् ।

क्लिनिकल न्युट्रेसनिस्टका अनुसार, चाडबाडको समयमा ‘रेड मिट’ बढी खानाले स्वास्थ्यमा तत्कालीन मात्र नभई दीर्घकालीन असर पुग्न सक्छ । रेड मिटमा प्रोटिनको मात्रा धेरै हुने भएकाले स्वस्थ र वयस्क व्यक्तिले आफ्नो शरीरको तौलानुसार खानु उचित हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, ५० केजीसम्म तौल भएका व्यक्तिले दैनिक १०० ग्राम अर्थात् तीनदेखि चार ‘पिस’ रेड मिट खानु स्वास्थ्यपद हुन्छ । तर, विशेष व्यायाम गर्ने, खेल खेल्ने व्यक्तिले यसको मात्रा बढाउन सक्छन् ।

दीर्घरोगीले भने १०० ग्रामका हिसाबले साताको तीनपटक कुखुरा वा माछा खाँदा हुने तर रेड मिट मासिक एकपटक मात्र खाए पुग्छ ।

प्रोटिनको मात्रा अधिक हुन नदिन गेडागुडी, मासु तथा भात एकैपटक खानु हुँदैन । धेरैको बानी हुन्छ, मासु नै तरकारीका रूपमा खाने । तर, मासुसँगै सागसब्जी उत्तिकै मात्रामा खानुपर्छ ।

विशेष गरी फ्रेस मिट तथा प्रशोधन नगरिएको मासुमा धेरै प्रोटिन, माइक्रोन्युट्रेन्ट, आइरन, जिंक, भिटामिन बी १२ लगायत पोषण हुन्छ । त्यसैले एकैपटक धेरै खाँदा ब्लडप्रेसर, मुटसम्बन्धी विभिन्न समस्या तथा कोल्स्ट्रोल बढ्न सक्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro