site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिमाली पदयात्राका क्रममा पोल्यान्डका नागरिकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

रसुवा । हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्यान्डकी २३ वर्षीया सोविन्का अग्निएस्ज्काको गए राति मृत्यु भएको छ ।

सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्यान्डको राहदानी नम्बर ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख केशव भट्टराईले जानकारी दिए ।

नेपाली सेनाको श्रीनाथ गण र जिल्लास्थित नेपाल प्रहरीको सहयोगमा उनको शव गोसाइँकुण्ड ल्याई मंगलबार बिहान हेलिकप्टोरमार्फत काठमाडौं पठाइएको छ ।

रियल हिमालय ट्रेकिङ कार्यालयको अनुरोध तथा जिल्लास्थित सुरक्षा निकायको सहयोगमा शव काठमाडौं ल्याइएको एयर डाइनेष्टीका उडान प्रबन्धक विवेक अधिकारीले जानकारी दिए ।

थप अनुसन्धानका निम्ति स्थलगत रूपमा जनशक्ति परिचालन गरिएको जानकारी दिँदै प्रमुख भट्टराईले लेक लागेर वा अरू कारणले मृत्यु भएको भन्ने विषयमा शव परीक्षण प्रतिवेदनपछि मात्र थाहा हुने बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro