site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद चौधरीको माग

काठमाडौं । सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य तोक्न सरकारसँग माग गरेका छन् । समयमै उखुको समर्थन मूल्य नतोक्दा किसान निराश बनेका भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद चौधरीले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र कृषिमन्त्री रामनाथ अधिकारीलाई भेटेर किसानका समस्याका बारेमा ध्यानाकर्षण गराएका हुन् । सांसद चौधरीको निर्वाचन क्षेत्र नवलपरासी–१ उखु खेतीका निम्ति पकेट क्षेत्र मानिन्छ ।

गत वर्ष सरकारले तोकेको अनुदानापतको रकम किसानले अझै नपाएको र केही चिनी मिलले पनि किसानलाई हालसम्म भुक्तानी नदिएको उनले बताए । उनले बजारमा बढेको महँगीलाई ध्यान दिएर उखुको समर्थन मूल्य र अनुदान रकम पनि बढाउन माग गरे ।

उनले उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल ७३५ र ढुवानीबापतको सरकारले प्रदान गर्ने अनुदान प्रतिक्विन्टल १०० गरी ८३५ रुपैयाँ कायम गर्न प्रस्ताव गरे ।

“समयमै मूल्य नतोकिदिँदा यस क्षेत्रका किसानहरु अन्योल र साह्रै मर्कामा परिरहेका छन् । समयमै मूल्य नतोकिँदा उद्योगहरुले पनि उखु खरिद नगरिदिने वा अघिल्लो वर्षकै मूल्यमा मात्र खरिद गर्नेछन्,” सांसद चौधरीले अर्थमन्त्री पौडेलसँगको भेटमा भने, “आर्थिक वर्ष २०८१/८२ का लागि उपरोक्तबमोजिम यथाशीघ्र समर्थन मूल्य निर्धारण गरिदिनुभई अनुदानबापतको रकम समयमै भुक्तानी हुने व्यवस्था समेत गरिदिनुहुन आग्रह गर्दछु ।”

साथै, सांसद चौधरीले नवलपरासी केरा तथा उखुको पकेट एरिया भएको र यिनलाई बढी मलको आवश्यकता पर्ने उल्लेख गरे । हाल प्राप्त मलको कोटा अपुग भएको उनले बताए । उनले उक्त क्षेत्रका निम्ति मलको कोटा वृद्घि गर्न पनि सरकारसँग माग गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ११:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro