site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पश्चिम बंगालमा कोइला खानीमा विस्फोट हुँदा सातजनाको मृत्यु ‍‌‌‌

नयाँदिल्ली । पूर्वी भारतको पश्चिम बंगाल राज्यको एक कोइला खानीमा सोमबार भएको विस्फोटमा कम्तीमा सातजनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ ।

पश्चिम बंगालको राजधानी कोलकाताबाट २१७ किलोमिटर उत्तरपश्चिममा रहेको वीरभूम जिल्लाको भादुलिया ब्लकमा रहेको गंगारामचक माइनिङ प्राइभेट लिमिटेडको कोलरीमा विस्फोट भएको हो ।

Dabur Nepal
NIC Asia

प्रहरीका अनुसार डिटोनेटरसहितको ट्रक अनलोडिङका लागि कोलरीमा आउँदा एक्कासि डिटोनेटर विस्फोट भएको थियो ।

“सुरुमा कोइला खानीमा भएको विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो । पछि थप दुई जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या सात पुगेको छ,” एक प्रहरी अधिकारीले भने, “घाइतेहरूलाई तुरुन्तै नजिकैको अस्पतालमा उपचारका लागि लगिएको थियो ।” विस्फोटको कारणबारे अनुसन्धान जारी छ । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro