site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
‘इरान जस्तोसुकै इजरायली हमलाको जवाफ दिन तयार’

तेहरान । इरानले सम्भावित इजरायली आक्रमणको जवाफ दिने योजना तयार पारेको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ ।

“इजरायलद्वारा सम्भावित आक्रमणको आवश्यक प्रतिक्रियात्मक योजना पूर्ण रूपमा तयार गरिएको छ,” सशस्त्र सेनाको सूचना उद्धृत गर्दै तस्निम समाचार एजेन्सीले उल्लेख गरेको छ ।

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले मंगलबार तेहरानसँग सम्बद्ध समूहका नेताहरू आक्रमणमा मारिएको प्रतिशोधमा इजरायलमा करिब २०० मिसाइल आक्रमण गरेको थियो ।

“यदि, इजरायलले आक्रमण गरे इरानले प्रत्याक्रमण गर्नेछ भन्नेमा कुनै शंका हुने छैन,” तस्निमले भनेको छ ।

बेरुतमा इजरायली हवाई हमलामा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह र आईआरजीसीका शीर्ष जनरल अब्बास निलफोरोसन हत्याको बदलामा मंगलबार इरानले इजरायलमाथि दोस्रो प्रत्यक्ष मिसाइल आक्रमण गरेको हो ।

विदेशमन्त्री अब्बास अराघचीले शनिबार इजरायली आक्रमणको बदलामा इरानले आनुपातिक वा अझै कडा प्रतिक्रिया दिन सक्ने चेतावनी दिएका थिए ।

इरानको तेल सुविधाजस्ता महत्त्वपूर्ण स्थललाई लक्षित गर्ने सम्भावित इजरायली हवाई आक्रमणको चिन्ताका बीच त्यहाँका तेलमन्त्री मोहसेन पाकनेजादले आइतबार खार्ग टापुस्थित एउटा तेलस्थलको भ्रमण गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई विश्वका १० ठूला तेल उत्पादकमध्ये एक इरानको तेल साइटलाई लक्षित आक्रमण नगर्न सल्लाह दिएका छन् । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  २०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro