site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई बाइडेनको चेतावनी
फाइल तस्बिर ।

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई इरानको तेल साइटमा आक्रमण नगर्न सल्लाह दिँदै मध्यपूर्वमा सम्भावित युद्धबाट बच्न विश्वलाई एकीकृत गर्न खोजिरहेको बताएका छन् ।

ह्वाइटहाउसमा पूर्वजानकारीबिना अकस्मात् आयोजित ‘ब्रिफिङ’मा बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अर्को कदमबारे निर्णय गर्दा अमेरिकी समर्थनलाई स्मरण गर्नुपर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यदि, म इजरायलको ठाउँमा हुन्थेँ भने म तेल साइटमा आक्रमण गर्नेबाहेक अन्य विकल्पको बारेमा सोच्ने थिएँ,” बाइडेनले सञ्चारकर्मीसित भने, “इजरायलमा मंगलबार इरानले गरेको विशाल ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलीहरू के गर्ने, कसरी गर्ने भन्ने निष्कर्षमा पुगेका छैनन् ।”

अमेरिकी राष्ट्रपति बाइडेनले बिहीबार इरानी तेल साइटमा सम्भावित इजरायली आक्रमबारे ‘छलफल गरिरहेको’ बताएपछि तेलको मूल्य बढेको छ ।

राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा कुनै पनि दीर्घकालीन वृद्धि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका निम्ति हानिकारक हुनसक्छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्