site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साताको सेयर बजार : ११० अंकले बढ्यो, एक दिनको कारोबारले रकममा कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार कारोबारमा यो साता उच्च अंकको वृद्धि देखिएको छ । चार दिनको कारोबारमा नेप्से परिसूचक दुई दिनमा १५९.१६ अंकले बढ्यो भने ४८.४३ अंकले घट्यो । तर, समग्रमा बजार यो साता ११०.७३ अंकले बढेको छ ।

गएको साताको अन्तिम दिन नेप्से परिसूचक २४८६.७६ विन्दुमा बन्द भएको थियो । यो साताको अन्तिम कारोबार दिन बुधबार २५९७.४९ विन्दुमा बन्द भएको छ ।

यो साता चार कारोबार दिनमा आइतबार २२.३६ अंकले घटेको थियो । सोमबार र मंगलबार भने बजार बढेको थियो । सोमबार नेप्से परिसूचक ४४.४६ अंक र मंगलबार ११४.७० अंकले बढेको छ । बुधबार भने बजार २६.०७ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यो साता कारोबार रकममा कमी आएको छ । २२ अर्ब १६ करोड सात लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । गएको साताका पाँच कारोबार दिनमा २६ अर्ब नौ करोड ७४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । गएको साता पाँच दिन सेयर कारोबार भएको र यो साता चार दिन मात्र भएकाले कारोबार रकममा कमी हुन पुगेको देखिन्छ ।

गएको साता बजार तीन कारोबार दिन घटेको थियो । दुई कारोबार दिन बढेको थियो । गएको साताको आइतबार र बुधबार बजार बढेको थियो । सोमबार, मंगलबार र बिहीबार बजार घटेको थियो ।

पछिल्ला दिनमा दैनिक कारोबार रकम बढेसँगै कुल बजार पुँजीकरण बढ्दै गएको छ । यो साताको अन्तिम दिनसम्म कुल बजार पुँजीकरण ४१ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । गएको साताको अन्तिम दिन ३९ खर्ब ५४ अर्ब १५ करोड रुपैयाँ कायम भएको थियो ।

यो साताको सोमबार कुल बजार पुँजीकरण ३९ खर्ब ८९ अर्ब २९ करोड र मंगलबार ४१ खर्ब ७१ अर्ब ६८ करोड रुपैयाँ कायम भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro