site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यामाहाको ‘बिगेस्ट १०सैँ’ : बालकृृष्ण गिरीले पाए १० लाख 

काठमाडौं । यामाहा नेपालले चाडपर्व लक्षित ‘बिगेस्ट १०सैँ’ अन्तर्गत पहिलो विजेता घोषणा गरेको छ । यामाहाका बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकमध्येबाट १० लाख जित्ने पहिलो विजेता घोषणा गरेको हो । 

यामाहाको बुटवलस्थित डिलर बाइकर्ज बुटवल प्रा.लि.बाट ‘एफजेडएस भी थ्री डिलक्स’ मोटरसाइकल खरिद गरेका बालकृष्ण गिरीले १० लाख जितेका हुन् ।

विजेताको नाम यामाहाको ब्लू स्क्वायर सोरुम, नक्सालमा आयोजित कार्यक्रममा नायिका प्रियंका कार्कीले लक्की ड्र मार्फत् घोषणा गरेकी थिइन् ।

‘बिगेस्ट १०दसैँ’ अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकहरूले विभिन्न परिमाणका हात खाली नजाने स्योरसट क्यासब्याकका साथै अन्य उपहार प्राप्त गरेका कम्पनीले जनाएको छ ।

“नेपालीहरूको महान पर्व दसैँलाई यामाहासँगै मिलेर उत्सवमय बनाइदिनु भएकोमा म लक्की ड्र मार्फत् दश लाख जित्ने भाग्यशाली ग्राहक बालकृष्ण गिरीलगायत सम्पूर्ण ग्राहक महानुभावहरूप्रति हार्दिक बधाई तथा आभार व्यक्त गर्दछु,” यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro