site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपालमा बनेको हुन्डाई भेन्यू ईको बिक्री वितरण सुरु

काठमाडौं । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनले भेन्यू ई भेरियन्टको उत्पादन सुरु गरेको छ ।

कम्पनीले सन् २०२४ को मेबाट भेन्यू एस र एसएक्सको उत्पादन सुरु गरेको थियो । 

कम्पनीले नेपालमा हुन्डाई भेन्यूको व्यावसायिक उत्पादन सुरु गरिएसँगै हुन्डाई नेपाल मेड फर युअर जर्नी अभियान सुरू गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कम्पनीले हालसम्म करिब २५० गाडी आफ्ना डिलरहररूमार्फत बिक्री गरिसकेको जनाएको छ । हुन्डाई भेन्यू ईको प्रारम्भिक मूल्य सीमित अवधिको लागि ४० लाख ९६ हजार रुपैयाँ रहेको छ ।

यो मूल्यमा हाल चलिरहेको दसैँ–तिहारलक्षित योजना र थप छुट भने नहुने कम्पनीले जनाएको छ । 

हाल नेपालमा उपलब्ध भेन्यूका अरु भेरियन्टमा भेन्यू (एस) १.२ को मूल्य ४४ लाख ९६ हजार रुपैयाँ छ । यस्तै, भेन्यू (एसएक्स) १.२ को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ छ ।

कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्यूमा १० वर्षको निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।

नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा लक्ष्मी मोटर कर्पोरेसनको स्थापना भएको थियो । यो नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युतको खपत, कुल ग्राहस्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारीसाधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

लक्ष्मी मोटर कर्पोरेसनले थप भेरियन्ट र अन्य मोडलको उत्पादन पनि गर्दै जाने बताएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्