site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
६ प्रतिशत शुल्क नतिरेका ६१ इन्टरनेट कम्पनीलाई प्राधिकरणको ताकेता

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ६१ इन्टरनेट सेवाप्रदायक कम्पनी (आईएसपी)लाई वित्तीय रिपोर्ट र कर बुझाउन ताकेता गरेको छ । प्राधिकरणले आईएसपीहरूलाई कुल आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)बापतको रकम बुझाउन आग्रह गरेको हो ।

प्राधिकरणका अनुसार, ४० इन्टरनेट कम्पनीले आर्थिक वर्ष २०७९/०८० को वित्तीय रिपोर्ट, रोयल्टी र आरटीडीएफ बुझाएका छैनन् । २१ कम्पनीले रोयल्टी र आरटीडीएफ बुझाएका छैनन् ।

वित्तीय रिपोर्ट समेत नबुझाउनेमा बेनी कम्युनिकेसन्स, बिग मर्स्याङ्दी नेट, ब्रोडब्यान्ड सोलुसन्सलगायत ४० कम्पनी छन् । रोयल्टी र आरटीडीएफ नबुझाउनेमा वल्र्ड लिंक कम्युनिकेसन्स, मर्कन्टाइल कम्युनिकेसन्स, सुबिसु, भायनेटलगायत २१ कम्पनी छन् ।

यी कम्पनीहरूलाई प्राधिकरणले यही असोज मसान्तभित्र नियमानुसार लाग्ने थप दस्तुरसहित रोयल्टीबापतको रकम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको राजस्व खातामा र ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्राधिकरणको खातामा दाखिला गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ११:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro