site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेरुतमा इजरायली हवाई आक्रमण, पाँचजनाको मृत्यु

काठमाडौं । लेबनानको राजधानी बेरुतमा इजरायली हवाई आक्रमणमा पाँचजनाको मृत्यु भएको छ । 

हिजबुल्लाहविरुद्ध इजरायली सेनाको कारबाहीमा परी पाँचजनाको मृत्यु भएको हो । 

आक्रमण जारी रहेको बीबीसीले जनाएको छ । बेरुतमा हिजबुल्लाह स्थानहरूलाई लक्षित गर्दै आफ्नो आक्रमण जारी राखेको छ ।

लेबनानी अधिकारीहरूका अनुसार आक्रमण एक चिकित्सा सेवा केन्द्रमा भएको छ । यो मेडिकल सेन्टर हिजबुल्लाहसँग सम्बन्धित छ ।

यसैबीच, लेबनानमा इजरायली हवाई आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको छ ।

५६ वर्षीय कमेल अहमद जवाद अमेरिकाको मिसिगनका बासिन्दा रहेको बताइएको छ । उनी आफ्नी वृद्ध आमाको हेरचाह गर्न लेबनान गएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro