site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रवेशाज्ञा अवधि बितेपछि स्वदेश नफर्केका १५ जना बंगलादेशी पक्राउ
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ बंगलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

उक्त कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढंगले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा काठमाडौं महानगरपालिका–२६ ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको हो ।

उनीहरूलाई अध्यागमन विभाग पठाइएको छ । रासस

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्