site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डिशहोमको इन्टरनेट जोड्दा र रिचार्ज गर्दा विशेष छुट एवं उपहार अफर

काठमाडैं । डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन जडान गर्ने र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको छ।

अफर योजनाअन्तर्गत २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक प्याकेजमा थप तीनमहिना बोनस मिल्नेछ ।

यस अफरले ग्राहकका लागि थप फाइदा प्रदान गर्दै १२ महिनाको प्याकेज लिँदा तीन महिना निःशुल्क इन्टरनेट  पाउने अवसर मिल्ने कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त ग्राहकले हरेक हप्ता लक्की ड्रमार्फत आकर्षक उपहार जित्नसक्ने र हप्तामा १२ भाग्यशाली विजेताले डीएचआई होम अपलायन्स, इटेल ए६० स्मार्टफोन, मिभी डुओपोड्स टी२० एयरपोड्स र डिशहोम फोरके स्ट्रिमरलगायत उपहार मिल्ने कम्पनीले जनाएको छ ।

यसबाहके बम्पर लक्की ड्र अन्तर्गत एक विजेताले डीएचआई होम अपलायन्सेसको फ्रन्ट लोड वासिङ मेसिन जित्नसक्ने कम्पनीले जनाएको छ । यस्तै, अन्य उपकरणमा ४० प्रतिशतसम्मको छुट, मिभी डुओपोड्समा ५४ प्रतिशतसम्म छुट र फायरबोल्ट स्मार्ट वाचमा ७० प्रतिशतसम्म विशेष छुट मिल्ने कम्पनीले जनाएको छ ।

यी अफर पाउन ग्राहकले डिशहोम इन्टरनेटको तीन महिना वा सोभन्दा माथिको प्याकेज खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ । नयाँ कनेक्सन लिने वा रिचार्ज गर्दा लक्की ड्रमा सहभागी हुन मिल्ने कम्पनीको भनाइ छ । कम्पनीले इन्टरनेट सेवामा गुणस्तर र सुविधा प्रदान गर्दै ग्राहकको आवश्यकता सम्बोधन गर्न अफर ल्याएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro