site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीपहिरो आयो भन्ने बित्तिकै हिँडेको थिएँ, यहाँ भइनँ भन्ने कुरा उठाए 
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षापछि बाढीपहिरो गएको भन्ने बित्तिकै आफू अमेरिकाबाट निस्किएको बताएका छन् । सिंहदरबारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले देशमा विपत्ति हुँदा बाहिर गएको भनि प्रश्न उठाएको सुनाए । 

आफू अमेरिकामा हुँदा पनि मन्त्रीहरूबाट जानकारी लिइरहेको सुनाए । देशमा विपद् पर्दा प्रधानमन्त्री तत्काल नफर्केको भनि आलोचना भइरहेको छ । 

सो विषयमा प्रधामन्त्रीको प्रष्टिकरण उनकै शब्दमा–

म बाहिर थिएँ । यसको अर्थ म जानकार थिइनँ भन्ने होइन । संयुक्त राष्ट्रसंघको महासभामा असोज १० गते सम्बोधन गर्नका लागि गएको हुँ । त्योभन्दा अगाडि नै यस वर्षको संयुक्त राष्ट्रसंघको महासभाको मुख्य विषय फ्युचर समिट थियो । जसमा जेनेरल डिभेट, विभिन्न सेगमेन्टहरू थिए, अगाडिदेखि नै जानुपर्थ्यो ।

म जानु अगााडि त प्राकृतिक विपत्ति भएको होइन । यहाँ मन्त्रीजीहरूसँग कुराकानी भइरहेको थियो । तर, मलाई पनि यसप्रकारको अनुमान थिएन । असोज ११ र १२ गते पानी परेपछि नै म आउने तयारीमा थिए । १२ गते पानी पर्दापर्दै म अमेरिकाबाट हिडेँ । म यहाँ भइनँ भन्ने कुरा मान्छेले उठाए । बाढीपहिरो आयो भन्ने बित्तिकै १२ गते बिहान हिँडेको छु । आइपुग्दा एक दिन ग्याप हुन्छ । प्लेनको प्लेन नै १४ गते लाग्यो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro