site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यामाहाको बाइक–स्कुटर खरिदमा छुटदेखि १० लाख रुपैयाँ जित्ने अवसर

काठमाडौं । यामाहा नेपालले दसैँ–तिहार र छठका अवसरमा सार्वजनिक गरेको 'बिगेस्ट १०सैँ' अफर योजना जारी रहेको बताएको छ ।

अफर योजनाअन्तर्गत यामाहाका बाइक तथा स्कुटर खरिद गर्दा ग्राहकले स्योरसट नगद उपहार जितिरहेको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार स्योरसट नगद उपहारअन्तर्गत ग्राहकले २०, ५० र एक लाख रुपैयाँ जितिरहेका छन् ।

'बिगेस्ट १०दसैँ' अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्नेमध्ये एकजनाले १० लाख रुपैयाँ जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ ।

यामाहाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले अफर अवधिभर बाइक तथा स्कुटर किन्नेमध्ये एक जनाले दश लाख रुपैयाँ जित्न सक्नेछन् ।

नेपालमा यामाहाको आधिकारि वितरक एमएडब्लू ग्रुप हो । कम्पनीले यामाहा मोटरसाइकलका दुई मोडल एफजेड भीथ्री डिलक्स र एफजेड भीथ्री स्ट्याण्डर्डको लागि एफआई मा १० वर्षको वारेन्टी ल्याएको बताएको छ ।

यामाहाले अन–द–स्पट एक्सचेन्जको सुविधा पनि दिइरहेको र शून्य ब्याजदरमा ईएमआई पनि उपलब्ध रहेको बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro