site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जलविद्युत् आयोजनामा साढे दुई अर्बको क्षति, ११ सय मेगावाट उत्पादन बन्द
SkywellSkywell

काठमाडौं । शनिबारको बाढीले जलविद्युत् क्षेत्रमा मात्रै साढे दुई अर्ब बराबरको क्षति भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । २६ वटा जलविद्युत् आयोजनाको प्रारम्भिक निरीक्षणमा दुई अर्ब ४५ करोडको क्षति भएको मन्त्रालयले जनाएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले क्षतिसम्बन्धी विवरण एवं तथ्यांकहरू प्राप्त हुने क्रम जारी रहेको हुँदा अझै बढ्ने मन्त्री दीपक खड्काले जानकारी दिए ।

मन्त्रालयका अनुसार, ६२५.९६ मेगावाट जडित विद्युत् क्षमताको ११ वटा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमा क्षति भएको जनाएको छ । यस्तै, ११ सय मेगावाट बिजुली उत्पादन रोकिएको छ । १०१०.२९ मेगावाट क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा क्षति भएको छ ।

Dabur Nepal
NIC Asia

मन्त्रालयका अनुसार, ४५६ मेगावाट क्षमताको माथिल्लो तामोकोसी जलविद्युत् आयोजनाको बाँधस्थलको कन्ट्रोल रुम पूर्ण क्षति भएको र चार जनाकर्मचारी समेत सम्पर्कविहीन भएका छन् ।

निर्माणाधीन २१६ मेगावाटको अपर त्रिशूली–१ क्याम्प हाउस र पहुँचमा क्षति पुगेको छ । सञ्चालनमा रहेको २२ मेगावाट क्षमताको वाग्मती साना जलविद्युत् आयोजनाको विद्युत् गृहमा पूर्ण क्षति पुगेको छ ।

गत वर्षको बाढीबाट प्रभावित भएको २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोलाको विद्युत् गृह डुबानमा परेको छ । पुनः निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा १४.९ मेगावाटको हेवा खोला ‘ए’ क्षतिग्रस्त भएको छ ।

८६ मेगावाटको सोलु दूधकोसी आयोजनाको हेडवर्क्समा क्षति पुगेको छ । तीन मेगावाट क्षमताको माइखोला क्यास्केड जलविद्युत्‌को बाँध र टेलरेसमा क्षति भएको छ ।

९.६ मेगावाट क्षमताको माइखोला जलविद्युत् आयोजनाको बाँध र प्रसारण लाइनमा क्षति पुगेको छ । एक मेगावाट क्षमताको फेमेखोला जलविद्युत्‌को बाँध र विद्युतगृहमा पूर्णरूपमा क्षति पुगेको छ ।

पाँच मेगावाट क्षमताको सिउरीखोला जलविद्युत् आयोजनाको टेलरेस र टनेलमा क्षति पुगेको छ । ४० मेगावाट क्षमताको सुपरन्यादी जलविद्युत् आयोजनाको पुहँच मार्ग र प्रोटेक्सन वालमा क्षति पुगेको छ । २५ मेगावाट क्षमताको इलेप खोला पहुँचमार्गमा क्षति पुगेको छ ।

निर्माणाधीन पाँच मेगावाट क्षमताको हेवाखोला जलविद्युतको प्रसारण लाइनको टावर तथा पहुँच मार्गमा क्षति पुगेको छ । १५.१ मेगावाट क्षमताको सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको पावर हाउस परिएको र बाँधमा क्षति भएको छ । ६.३ मेगावाट क्षमताको सभाखोला ‘सी’ पहुँचमार्गमा क्षति पुगेको छ । ८६.५९ मेगावाट क्षमताको लान्द्रुक मोदी जलविद्युत्  पहुँचमार्गमा क्षति पुगेको छ ।

१०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजनाको तीन ट्रिपर, दुई स्काभेटर बगाएको छ । यस्तै, २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनाको बाँध, क्याम्प हाउस र पहुँचमार्गमा क्षति पुगेको छ ।

दुई मेगावाट क्षमताको खानी खोला जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर ढलेको छ । ४.३६ मेगावाट क्षमताको टुङ्गुन ठोस्ने आयोजनाको पावर हाउस डुबेको छ ।

१४.९ मेगावाट क्षमताको माया खोला जलविद्युत् आयोजनाको बाँध र पहुँचमार्गमा क्षति पुगेको छ । ९९.४ मेगावाटको लाप्चे खोला जलविद्युत् आयोजनाको पुहँच मार्ग, क्याम्प क्षेत्रमा क्षति भएको छ ।

४० मेगावाट क्षमताको भोटेकोसी–१ जलविद्युत् आयोजनाको सुरुङ मार्गमा क्षति पुगेको छ । ८२ मेगावाट क्षमताको तल्लो सोलु आयोजनाको विद्युत् गृह र बाँधस्थलमा पहिरो गएको छ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् निर्माण स्थलमा पानी जमेको छ ।

१२० मेगावाट क्षमताको रसुवा भोटेकोसी जलविद्युत् आयोजनाको निर्माण सामाग्रीहरू बगाएको छ ।

प्रसारण लाइनतर्फ

प्रसारण लाइनतर्फ काबेली कोरिडोर अन्तर्गत दमक–गोदक १३२ केभी प्रसारण लाइनको तीन वटा टावरमा क्षति पुगेको छ ।

खिम्ती–लामोसाँगु १३२ केभी प्रसारण लाइनको दुईवटा टावरमा क्षति पुगेको छ । सोलु कोरिडोर प्रसारण लाइनको केही सब–स्टेसनमा क्षति पुगेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro